कोभिड खोपको पहिलो मात्रा मात्रै पाएका नागरिक भन्छन्: सरकार, दोस्रो मात्रा खोइ?

Published

तुलनात्मक रूपमा निकै पछाडि वितरण थालिएको चिनियाँ भेरोसेल खोप हाल वितरण भइरहे पनि कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १४ लाख जना भने अझै दोस्रो मात्राको पर्खाइमा छन्।

गत फागुनदेखि देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिकाले उक्त कोभिशील्ड खोप लगाएका थिए।

जोखिम समूहमा पर्ने ज्येष्ठ नागरिकहरू भने दोस्रो खोप बेलैमा नपाउँदा पहिलो खोप निष्प्रभावी बन्ने चिन्ता व्यक्त गर्दै विद्यमान ढिलाइबारेमा सरकारप्रति असन्तुष्ट छन्।

उनीहरूसँगको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।