टोक्यो ओलिम्पिक्स २०२०: महामारीबीच नेपालकी कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहको तयारी

Published

टोक्यो ओलिम्पिक्स २०२० मा नेपालबाट सहभागी हुने पाँच खेलाडीमध्ये कीर्तिमानी गौरिका सिंहले देशको गौरवका लागि खेल्ने बताएकी छन्।

कोरोनाभाइरस महामारीका कारण प्रशिक्षण केही प्रभावित बनेको बताउँदै उनले राम्रो प्रदर्शन गर्ने प्रयत्न गर्ने बताइन्।

१३औँ दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जितेकी सिंह रियो ओलिम्पिक्स २०१६ मा विश्वकै सबैभन्दा कान्छी खेलाडी थिइन्।

टोक्यो ओलिम्पिक्सका लागि उनको तयारी र लक्ष्यबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

यो पनि पढ्नुहोस्