तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोपः 'आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो हुँदा पहिलोको असर तत्काल हराउने भन्ने हुँदैन'
आस्ट्राजेनेका खोप बनाउने समूहको नेतृत्व गरेका वैज्ञानिक एन्ड्रयु पोलार्डले दोस्रो मात्रा खोप लिन ढिला भएपनि प्रतिरोधी क्षमता कायमै रहने बीबीसीलाई बताएका छन्।
अक्सफर्ड आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो लगाउँदा त्यो झन प्रभावकारी हुने उनको भनाइ छ।
विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप आठ देखी १२ हप्ताको अन्तरालमा दिनुपर्ने सुझाव दिँदै आएको छ।
नेपालमा धेरैलाई दिइएको र दोस्रो मात्राको प्रतिक्षा भैरहेको कोभिशिल्ड खोप उक्त अक्सफर्ड-आस्ट्राजेनेका खोपको एउटा नाम हो।
प्राध्यापक पोलार्डले खोपको पहिलो मात्रा लगाएपछि नै त्यसबाट उच्चस्तरको सुरक्षा प्राप्त हुने जनाए।
हेर्नुस उनीसँग फणीन्द्र दाहालले गरेको अन्तर्वार्ता।
भिडिओ सम्पादनः सृजना श्रेष्ठ।