तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: मनाङ जिल्ला अस्पताल लैजान डरलाग्दो बाटोमा अक्सिजन सिलिन्डर बोकेको भिडिओ
कोभिड-१९ विरुद्धको लडाइँमा भौगोलिक रूपमा विकट जिल्लाहरूले थप सास्ती भोग्नुपरेको स्वास्थ्यकर्मीको अनुभव छ।
जिल्ला अस्पताल मनाङकी एक नर्स उषा महतोले त्यस्तै अवस्था झल्किने एक भिडिओ खिचेकी छन्।
सामाजिक सञ्जालमा राखेको भिडिओबारे उनी भन्छिन्, "दुर्गमको स्वास्थ्य अवस्था झल्काउन यो भिडिओ खिचेकी हुँ।"
लमजुङको बेँसीसहरबाट मनाङको चामेसम्म पाँचवटा अक्सिजन सिलिन्डर र केही औषधिजन्य सामानहरू लैजाने क्रममा बीच बाटोमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको दृश्य भिडिओमा छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि