तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
निषेधाज्ञाले आक्रान्त मजदुरवर्ग भन्छन्: 'सरकारले न खान दियो न कमाउन'
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेहरूले आफ्नो जीवन कष्टकर बनेको बताएका छन्।
निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नभएको, रोजगारी गुमेको तथा सरकारको बेवास्ताले दैनिक गुजारा गर्न गाह्रो भएको उनीहरूको गुनासो छ।
दैनिक छाक टार्न समेत मुस्किल भएका उनीहरूले सामाजिक संघसंस्थाहरूले वितरण गर्ने खानामा भर पर्नुपरेको बताएका छन्।
काठमान्डूमा लामो समय मजदुरी गर्दै आएका तेह्रथुमका कमल सुब्बा, धादिङका दुर्गा परियार र कृष्ण परियार एवं मकवानपुरकी मीना तामाङले आफ्ना भोगाइ सुनाएका छन्।
उनीहरूसँगको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओमा हेर्नुहोस्।