कङ्गोमा ज्वालामुखी विस्फोटले निम्त्याएको कहरका तस्बिरहरू

Published

कङ्गोको गोमा शहरमा हजारौँ मानिस ज्वालामुखी विस्फोट भएपछि घर छोड्न बाध्य भएका छन्।

नियरागङ्गो पहाडको ज्वालामुखी विस्फोट भएपछि २० लाख जनसङ्ख्या रहेको शहरको आकाश रातो देखिएको थियो।

शहरको केही भाग र सडकहरूमा लाभा बग्न थालेपछि घरहरूमा आगो लागेको थियो।

शहरमा लाभा र धुवाँको बादल देखिएको थियो।

शहरका थुप्रै बासिन्दाहरू सिरक र अन्य सामानहरू लिएर भागेका थिए।

शहरका केही भागहरू र विमानस्थलमा समेत लाभा पुगे पनि अहिले लाभाको बहाव रोकिएको बताइएको छ।

कङ्गोका हजारौँ नागरिक शरण माग्दै छिमेकी रुवान्डा पुगेका छन्।

रुवान्डाको सीमावर्ती शहरको सडकमा कतिपय कङ्गोका नागरिकहरूले रात बिताए।

नियरागङ्गो संसारको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक हो।

गोमा शहरबाहिर रहेको किभु तालबाट भने ज्वालामुखी विस्फोटको दृश्य यस्तो देखिएको थियो।

सबै तस्बिरका सर्वाधिकार सुरक्षित छन्।