तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: खोप कहिले आउँछ? स्वास्थ्यमन्त्रीको जवाफ- 'आएपछि आइहाल्छ, अचानक आउला'
कोरोनाभाइरसको दोस्रो लहर कहिलेसम्म जारी रहन्छ भन्ने यकिन नभएका बेला अहिले खोप ल्याउन प्राथमिकता दिइनुपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन्। पहिलो खोप लगाइसकेका ६५ वर्षभन्दा माथिका उमेर समूहकाले दोस्रो मात्रा कहिले लगाउन पाउँछन् भन्ने अन्योल छ, तर ६० देखि ६५ वर्ष उमेर समूहकाले त पहिलो खोप नै लगाउन पाएका छैनन्। नेपालले खरिद गरिसकेको १० लाख खोप भारतले निर्यात बन्द गरेका कारण आउन सकेको छैन।
सरकारले भारतबाहेक अन्य मुलुकसँग पनि खोप ल्याउन प्रयास गरिरहेको जनाएको छ। यसै सन्दर्भमा बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम नेपाल सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई सोधिएको खोप कहिलेसम्म आइपुग्छ? भन्ने प्रश्नको जवाफमा मन्त्री हृदयेश त्रिपाठीले भने, "ठ्याक्कै आइसकेपछि आइहाल्छ नि। अचानक नै आउला।"स्वास्थ्यमन्त्रीले अरू के भने? सुन्न तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।