तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमणका बिरामीलाई आवश्यक मेडिकल अक्सिजन कसरी अभाव हुने नदिने?
नेपालमा कोभिड-१९ का बिरामीको सङ्ख्या बढ्न थालेसँगै मेडिकल अक्सिजनको अभाव हुन सक्ने देखिएपछि उत्पादन बढाउन सरकारले उत्पादनकर्ताहरूलाई निर्देशन दिएको छ।
केही दिनअघि देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले "ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने" तथा "सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने" बताएका थिए। उनले लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही चेतावनी पनि दिए।
कोरोनाभाइरस सङ्क्रमितमध्ये श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई कृत्रिम अक्सिजन चाहिने चिकित्सकहरूले जनाएका छन्।
आफूसँग मागअनुसार उत्पादन गर्न सक्ने क्षमता भए पनि आपूर्ति गर्न सिलिन्डरको अभाव भएको उत्पादकहरको भनाइ छ।
उत्पादित अक्सिजनको ठूलो भाग सङ्क्रमितहरूको उपचारमा प्रयोग गर्न सकिने उपायबारे सरकारी अधिकारी र अक्सिजन उत्पादक के भन्छन्?
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।
अनि यो पनि