अविरल घिमिरे: जापानमा किकबक्सिङ जित्ने नेपाली खेलाडी भन्छन्, 'खेलकुदमा सफल प्रतिद्वन्द्वीलाई सम्मान गर्न जान्नुपर्छ'

Published

‘हिमालयन चितुवा’ भनेर चिनिने २१ वर्षीय अविरल घिमिरेले केही साताअघि जापानमा आयोजित किकबक्सिङको प्रतिष्ठित ‘के-वन फेस्टिभल २०२१’ मा ७० केजीमा उपाधि जितेका छन्।

जापानमा परिवारसँग बस्दै आएका उनी आफ्नै बुवासँग तालिम लिन्छन्। उनका बुवा देवकुमार घिमिरे अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक हुन्।

सफल हुन उनी युवा खेलाडीलाई अरू के-के सुझाव दिन्छन्?

उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।