तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाबुराम भट्टराई: जनता समाजवादी पार्टीका नेता भन्छन्, ‘केपी ओलीसँग सत्ता साझेदारीको कुनै सम्भावना छैन’
प्रतिनिधिसभा पुनर्स्थापनापश्चात् जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणमा निर्णायक हुन सक्ने आकलन गरिएको छ।
संसद्को चौथो ठूलो दल भए पनि जसपाले अहिले प्रधानमन्त्रीको पद ताकेको भन्ने विवरणहरू आइरहेका छन्। जसपाकै नेताहरूले पनि त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।
कतिपय नेताले त सत्ता साझेदारीमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेसँग आफूहरू समान दूरीमा रहेको अभिव्यक्ति पनि दिइरहेका छन्।
संसद्मा चौथो दलको हैसियतमा रहेर पनि सत्ता समिकरणमा निर्णायक हुने चर्चा भइरहेको जसपाको संघीय परिषद्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको कुराकानी।
अनि यो पनि