तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिमाली गिद्धः नेपालको अन्नपूर्ण क्षेत्रबाट 'खाना, जोडी र वास खोज्दै भारत र चीनसम्म'
जोखिममा रहेको हिमाली गिद्ध मध्यचीनबाट नेपाल हुँदै भारतसम्म पुग्ने गरेको एउटा अध्ययनले देखाएको छ।
हिमाली गिद्धबारे अध्ययन गर्न झन्डै १६ महिनाअघि कास्कीको अन्नपूर्ण क्षेत्रबाट छाडिएका हिमाली गिद्धमा जडित 'स्याटलाइट ट्रान्समिटर'बाट प्राप्त सूचनाले त्यस्तो देखाएको चराविज्ञ डा. तुल्सी सुवेदीले बताए।
यसअघि हिमाली गिद्धले नेपालको हिमाली भेगमा प्रजनन गर्ने र जाडो छल्न तराई झर्ने विज्ञहरूको बुझाइ थियो।
"हिमाली गिद्धले चीनबाट बसाइँ सरेर नेपाल हुँदै भारतमा हिउँद बिताउने ठाउँसम्म पुग्न झन्डै ७,००० किलोमिटरभन्दा बढी दूरी तय गरेको अध्ययनले देखाएको छ," सुवेदीले भने।
नेपालमा झन्डै १०,००० वटाजति हिमाली गिद्ध रहेको अनुमान छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।