छोराको क्यान्सर उपचारका लागि पोलियो लागेका यी बुवाले चिया पसल खोलेका छन् र पठाओ चलाउँछन्

Published

५२ वर्षीय पुनम मिश्र श्रीमती र एक छोरासँग ललितपुरको नख्खुमा बस्छन्। त्यहीँ उनीहरूको चिया पसल छ।

११ वर्षीय छोरालाई रक्त क्यान्सर भएका कारण उपचारका लागि दैनिक सङ्घर्ष गरिरहेका छन् यी दम्पती।

श्रीमतीसँग बिहान बेलुकी चिया पसलमा काम गर्छन् उनी र समय मिलाएर पठाओ चलाउँछन्।

“मलाई सानो छँदा पोलियो भएका कारण दाहिने खुट्टामा समस्या छ। म त्यति काम गर्न सक्दिन। तर पनि सके जाति काम गरेर पैसा जम्मा गर्न खोजिरहेको छु,” मिश्रले बताए।

हेर्नुस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।