तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली परराष्ट्रमन्त्रीको भारत भ्रमण, पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘भारतको नेपाल-नीति सहज खालको होइन’
प्रतिनिधिसभाको विघटनपछि देशभित्रै जटिल राजनीतिक परिस्थिति देखापरेका बेला नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीवार दक्षिणी छिमेकी भारतको भ्रमणमा गएका छन्।
नेपालमा विकसित पछिल्ला घटनामाझ भएको उनको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
कतिपयले यो सरकार कामचलाउ भइसकेको भन्दै यसले दीर्घकालीन महत्त्वका सवालमा निर्णय गर्न नसक्ने बताइरहेका छन्।
बुधवार पनि केही पूर्वप्रशासकसहित नागरिक समाजका व्यक्तिहरूले वक्तव्य नै जारी गर्दै दीर्घकालीन महत्त्वका मुद्दामा कुनै पनि सम्झौता नगर्न ज्ञवालीलाई सचेत गराएका छन्।
यसै विषयमा पूर्वराजदूत दीपकुमार उपाध्यायसँग बीबीसी नेपाली सेवाको साप्ताहिक 'नेपाल सन्दर्भ'मा गरिएको कुराकानी।
अनि यो पनि