एमबीबीएस परीक्षा दिन वञ्चित दलित विद्यार्थी के भन्छन्

Published

सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका दुई विद्यार्थी रामजी राम र पङ्कजकुमार राम शुल्क विवादका कारण परीक्षाबाट वञ्चित भएपछि आफ्नो भविष्यबारे चिन्तित देखिएका छन्। अर्का एक विद्यार्थी प्रमोदकुमार राम पनि आफ्नो एक वर्ष खेर जाने हो कि भन्ने त्रासमा छन्।

उनीहरू चमार समुदायबाट छात्रवृत्तिमा चिकित्साशास्त्र अध्ययन गर्न छानिएका थिए। चमार समुदाय तराईमा बसोबास गर्ने सीमान्तीकृत दलित समुदाय हो।

अध्ययन गर्न लाग्ने शुल्क सरकारले तिरिदिने भए पनि आफूहरूसँग अतिरिक्त शुल्क लिन खोजिएको उनीहरूको दाबी छ।

"पटकपटक यस्तो समस्या आइरहेको छ तर दिर्घकालीन निकास देखिएन, सरकारले हाम्रो माग सुनोस्," रामजी रामले भने।

चिकित्सा शिक्षा आयोगले दुवै जनालाई परीक्षामा सहभागी गराउने व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको कार्यालयलाई निर्देशन दिएको बताइएको छ।

निर्देशनपश्चात् बाँकी परीक्षामा सहभागी हुनका लागि "कलेजले आफूहरूलाई बोलाएको" मङ्गलवार साँझ रामजीले बीबीसीलाई बताए।

तर शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा आफूहरू अझै स्पष्ट नभएको उनीहरूको भनाइ छ।

हेर्नुहोस् उनीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ सामाग्री।

अनि यो पनि।