चिनियाँ सरकारी टोलीको भ्रमण के नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो?

Published

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भङ्ग भएपछि सत्ताधारी दल नेकपामा विभाजन देखिएकै बेला एउटा चिनियाँ प्रतिनिधिमण्डलले चारदिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएको छ।

उक्त टोलीले नेपालका प्रधानमन्त्रीदेखि सत्ताधारी दलका नेताहरूलाई भेटेर सकेसम्म पार्टी नफुटाउन सल्लाह दिएको खबरहरू आएका छन्।

त्यो टोलीले विपक्षी दलका नेतासँग पनि भेटघाट गरेर नेपाल-चीन सम्बन्धबारे चर्चा गरेको ती भेटमा सहभागीले बताएका छन्।

नेपालमा तरल राजनीतिक अवस्था हुँदा लामो समयदेखि दक्षिणी छिमेकी भारतबाट यस्तै अप्रत्याशित र पूर्वयोजना बिनाको भ्रमण हुने र नेपालको आन्तरिक राजनीतिमा त्यसको कुनै न कुनै प्रभाव रहने बताइँदै आएको छ।

पछिल्ला वर्षहरूमा नेपालको आन्तरिक मामिलामा "चीनको भूमिका पनि दक्षिणी छिमेकीको जस्तै" वा कतिपयका विचारमा त "अझ बढी देखिन थालेको" छ।

कूटनीतिका जानकारहरूले यसलाई कसरी हेरेका छन् त?

बुधवारको साप्ताहिक रेडिओ कार्यक्रम 'नेपाल सन्दर्भ'का लागि विष्णु पोखरेलले भूतपूर्व परराष्ट्रसचिव मदनकुमार भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।

अनि यो पनि