कोरोना भाइरस नेपाल: नेपाली चलचित्र क्षेत्र कति भासियो, कसरी उठ्ला

Published

कोरोनाभाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन लागु गरिएपछि सानो, ठूलो स्तरमा अन्य विभिन्न क्षेत्र खुल्न थाले पनि अझै नखुलेको र अन्योलमा रहेको नेपाली चलचित्र क्षेत्र हो।

करिब चार महिनाको लकडाउन र त्यसपछिको निषेधाज्ञा खुले पनि अझै न सिनेमाघरहरू खुलेका छन्, न नै चलचित्रको छायाङ्कन हुन सकेको छ।

म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायाङ्कन र निर्माण अझै सुरु भएको छैन।

कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर चलचित्र निर्माण हुन थाल्यो भने पनि दर्शकहरू पहिले जस्तै चलचित्र हेर्न हलमै जाने अवस्था नरहेको चलचित्र निर्देशक तथा निर्माताहरू बताउँछन्।

चलचित्र क्षेत्रको लगानी उठाउने एकल माध्यम सिनेमा घरसम्म दर्शक पुर्‍याउन र महामारीका माझ चलचित्रको गुणस्तर वृद्धि गर्दै लैजान अब के गर्नुपर्छ?

चलचित्र निर्माता तथा नायिका केकी अधिकारी र निर्देशक तथा चलचित्र समीक्षक दीपेन्द्र लामासँग साप्ताहिक 'बीबीसी बहस' मा गरिएको एक छलफल सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।