तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय गुप्तचर निकाय रअका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नुको अर्थ के हो
भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले शिष्टाचार भेट गरेको कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पुष्टि गरेपछि त्यसले एउटा तरङ्ग निम्त्याइदिएको छ।
सत्तारूढ नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गोयललाई नभेटेको उनीहरूको तर्फबाट जनाइएको छ।
यसै सन्दर्भमा बीबीसी नेपाली सेवाका लागि गनी अन्सारीले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई रअका प्रमुखको पछिल्लो भ्रमण स्वाभाविक थियो कि अस्वाभाविक भनेर सोधेका छन्।
पूर्वपरराष्ट्रमन्त्री पाण्डे भन्छन्, "कूटनीति सोझो बाटोबाट हिँड्दैन, कूटनीतिमा स्वाभाविक वा अस्वाभाविक भन्ने कुरा हुँदैन।"
"कूटनीतिको प्रारम्भ कहाँबाट हुन्छ, त्यसको उपादेयता परिणामले बताउँछ," उनले थपे।
पूर्वपरराष्ट्रमन्त्री पाण्डेका अनुसार नेपालका नेताहरूले आन्तरिक कुरा आफैँले सुल्झाउने गरेको भए यस्तो अवस्था आउने थिएन।
सुन्नुहोस् पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको विचारोत्तेजक अन्तर्वार्ता।