तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अस्वस्थ खसीबोकाबाट ३०० बढी रोग सर्न सक्छन्'
सरकारले दशैँमा धेरै खपत हुने खसीबोकाको स्वास्थ्यस्थिति राम्ररी पहिचान गरेर मात्र किन्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।
कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभाग नेतृत्वमा विभिन्न निकायले खसीबोकाको गुणस्तर मूल्यको अनुगमन गरिरहेको बताइएको छ।
स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थमा रातो रङ लगाउने क्रम जारी रहेको भनिएपनि सरकारी निकायमा अन्तरसमन्वय नभएकाले अनुगमन प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मी बताउँछन्।
बेलैमा सचेत नभएमा खसीबोकाबाट अनेक रोग सर्ने विभागले सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।