तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पुरस्कार विवाद: नेपालमा दिइने पुरस्कारमा किन हुन्छ विवाद?
पुरस्कार र विवाद समानार्थी शब्द होइनन्। तर विश्वभरि नै पुरस्कार र विवाद जोडिएर आउने गरेका छन्।
विश्वचर्चित पुरस्कारदेखि विभिन्न देशहरूले दिने राष्ट्रिय सम्मानसम्म विवादबाट अछुतो छैनन्।
कहिले पुरस्कारमै विवाद हुन्छ त कहिले पुरस्कार दिने वा लिने पात्रबारे।
पुरस्कारको पसल?
अनि, कतिले पुरस्कार बहिष्कार गरिदिन्छन् त कतिले लिइसकेको पुरस्कार फिर्ता।
नेपालमा दिइने कतिपय पुरस्कारहरू पनि यस्तैयस्तै विवादहरूको केन्द्रमा पर्ने गरेका छन्, चाहे ती नगद राशीका पुरस्कार हुन् वा राशी विनाका तक्मा, पदक, अभिनन्दनपत्र वा सम्मान।
जानकारहरू भन्ने गर्छन्- “कतिपयले नेपालमा पुरस्कारको पसल चलाएका छन्।”
अर्काथरीको आरोप छ- “नेपालमा पुरस्कार दिने र लिनेको मिलेमतो हुने गर्छ।”
अनि अर्को धारका मान्छेहरू भन्छन्- “नेपालमा पुरस्कार कि दाताको मन जित्नेहरूले पाउँछन् कि त पाउ मोल्नेहरूले पाउँछन्।”
यद्यपि यस्ता आरोपलाई खण्डन गर्ने र योग्यता, क्षमता तथा प्रतिष्पर्धाका आधारमा मात्र पुरस्कार दिने गरिन्छ भनेर बचाउ गर्नेहरूको पनि कमी छैन।
पुरस्कारबारे उठेका यस्तै प्रश्नका जवाफ खोज्न हालै एउटा पुरस्कार ग्रहण अस्वीकार गरेका एकजना लेखक प्राध्यापक सञ्जीव उप्रेती र पत्रकार राजकुमार बानियाँसँग गरिएको कुराकानी सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।