कोरोना भाइरस नेपाल: 'सरकारले लकडाउन नगर्ने ग्यारेन्टी गरे अग्रिम बुकिङ्ग खोल्छौँ'

Published

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र सरकारले दशैँ-तिहारमा यात्रा नगर्न सुझाव दिइरहेका कारण लकडाउन नगर्ने ग्यारेण्टी भए मात्रै बसको अग्रिम बुकिङ्ग खुला गर्ने यातायात व्यवसायीले बताएका छन्।

सुरक्षाका उपाय अपनाएर दशैँ मनाउन गाउँघर जाने कतिपयको चाहना टिकट नपाउँदा अन्योलपूर्ण बनेको छ।

यातायात व्यवस्था विभागले भने अग्रिम बुकिङ्ग नभए पनि घर जान चाहनेले रोकिनु नपर्ने भन्दै आश्वस्त पारेको छ।

कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।