तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डा. गोविन्द केसीः सत्याग्रही चिकित्सकका मागप्रति सरकार किन अनुदार?
मूलतः चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको १९ औँ सत्याग्रह जारी छ।
यस पटक उनले विगतमा आफूसँग भएका सहमतिअनुसार प्रदेश स्तरमा खुलेका चिकित्सा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने जस्ता विभिन्न माग राखेका छन्।
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझिरहेका अवस्थामा नेपालमा उनका माग अझ बढी सान्दर्भिक देखिएको नागरिक समाजका अगुवाका साथै कैयौँ सर्वसाधारणहरूको भनाइ छ।
विगतमा वार्ता टोली गठन गरेर अनशन भङ्ग गराउन पहल गर्ने सरकारले यस वर्ष भने डा. केसीलाई सत्याग्रहबाट पछि हट्न आग्रह मात्रै गरेको अवस्था छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भने यस विषयमा मौन छ।
यसै सन्दर्भमा बीबीसी नेपाली सेवाको साप्ताहिक रेडियो कार्यक्रम 'बीबीसी बहस'मा नेकपा नेत्री अञ्जना बिसङ्खे र केसीनिकट मानिने चिकित्सक जीवन क्षेत्रीसँग संजीव गिरीले गरेको कुराकानी सुन्नुहोस्।
अनि यो पनि