वुहानबाट नेपाली नागरिकलाई फिर्ता ल्याउनेबारे यसो भन्छन् परराष्ट्रमन्त्री

Published

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस शुरू भएको चीनको वुहानबाट नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय जुनसुकै बेला गर्न सकिने बीबीसी नेपालीलाई बताएका छन्।

शुक्रवार साँझ बीबीसी नेपालीसँग कुरा गर्दै उनले त्यसबारे चिनियाँ परराष्ट्र मन्त्रालयलाई तीन दिनअघि पत्राचार पनि गरिसकिएको बताए।

"उहाँहरूलाई ल्याउने र सुरक्षित राख्ने यी दुइटै कुरा सँगसँगै लैजानुपर्ने हुन्छ," ज्ञवालीले भने।

"स्थितिलाई हामीले नजिकबाट हेरिरहेका छौँ र आवश्यक पर्दा कुनै पनि बेला हामी त्यो निर्णय गर्छौँ।"

यसअघि शुक्रवार बिहान वुहानबाट बीबीसी नेपालीसँग कुरा गर्दै केही नेपाली विद्यार्थीले आफूहरूले टुहुरो महसुस गरेको बताएका थिए।

नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको र आफूहरू अलपत्र परेको भन्दै उनीहरूले निराशा व्यक्त गरे।

बीबीबी नेपालीका संवाददाता नेत्र केसीले परराष्ट्रमन्त्री ज्ञवालीसँग गरेको कुराकानी सुन्नुहोस्।