तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
माघे सङ्क्रान्ति: टोखाको चाकुको प्रसिद्धि
आज माघे सङ्क्रान्ति। चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर यो पर्व मनाइँदैछ।
मकर सङ्क्रान्तिका नामले समेत चिनिने यस पर्वलाई विभिन्न जातीय समुदायले फरकफरक तरिकाले मनाउँछन्।
माघे सङ्क्रान्तिमा खाइने चाकु भने काठमाण्डू उपत्यकाको प्राचीन शहर टोखाको अर्को परिचय बनेको छ।
झन्डै दुई दर्जन परिवारले टोखामा प्रचलित चाकु बनाउने पेसालाई निरन्तरता दिएका छन्।
नेवारी भाषामा उखुबारीलाई 'तु:ख्य' भनिने गरिएकोमा पछि टोखा बनेको बताइन्छ।
उखु उत्पादनका लागि जग्गा अभावका कारण चाकु उत्पादकहरू भने भारतबाट आयात हुने सखरमा निर्भर छन्।
चाकुको प्रसिद्धि गुम्न नदिने चुनौती बढेको टोखाका व्यवसायीहरू बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि-