तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनीमा नेपाललाई आत्मनिर्भर बनाउन सक्ने उखु किसानका पीडा
दैनिक आवश्यकता बनेको चिनी र सक्खरमा नेपाललाई आत्मनिर्भर बनाउन अहम् भूमिका खेल्न सक्ने उखु किसानको एक समूह विगत १५ दिनदेखि राजधानीमा धर्नारत छ।
उखु काटेर चिनी मिललाई बिक्री गरेका सर्लाहीका उखु किसानहरूले तीन वर्षदेखि आफ्नो उखुको भुक्तानी अझै नपाएकोमा सङ्घीय सरकारको ढोका ढक्ढक्याएका छन्।
उनीहरू भन्छन् उखु पेलेर चिनी बनाउने उद्योगहरूले आफूहरूलाई बेलैमा उखुको पैसा नदिएकोले उखु किसान “ऋणमा डुब्न” बाध्य भएका छन्।
बीबीसी न्यूज नेपालीका सुरेन्द्र फुयालले माइतीघर मण्डलास्थित धर्नास्थल पुगेर सर्लाही बलाराकी उखु किसान बबिता मिश्रसँग कुराकानी गरेका छन्।
उनलाई पहिलो प्रश्न थियो, “तपाईँहरूको माग कसरी पूरा होला?”
पूरै कुराकानी सुन्न माथिको श्रव्य सामग्रीमा थिच्नुहोस्।