तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विपन्न महिलालाई निशुल्क गाडी चलाउन सिकाउने मिना
मिना चन्द ठकुरीले १३ वर्ष अगाडि आर्थिक गर्जो टार्न टेम्पो चलाउन सिक्दा पुरुष प्रशिक्षकबाट राम्रो व्यवहार पाइनन्।
त्यतिबेलै उनले अठोट गरिन् कि उनले विपन्न महिलालाई गाडी चलाउन सिकाउने छिन्।
अहिले उनी पैसा तिर्न सक्नेसँग फारम भर्ने रकम लिएर र धेरैलाई निशुल्क गाडी सिकाइरहेकी छन्।
अहिलेसम्म आफूले एक हजार जनाभन्दा बढी महिलालाई टेम्पो र ट्याक्सी चलाउन सिकाइसकेको ठकुरी बताउँछिन्।
नेपाल यातायात महिला चालक समूह खोलेर उनी अहिले दिनको सरदर २० जना महिलालाई गाडी चलाउन सिकाउँछिन्।
ठकुरीबारे विनिता दाहालले बनाएको भिडिओ हेर्नुहोस्।
अनि यो पनि: