नेकपाका गुट र उपगुटको भविष्यबारे उठेका प्रश्नहरू

Published

झन्डै दुई वर्षअघि सम्पन आम निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत हासिल गरेर सत्तारोहण गर्ने बेलामा नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको विषय केही समयअघिसम्म चर्चा मैँ रह्यो।

तर बुधवार दुई शीर्षस्थ नेताबीच जिम्मेवारी बाँडफाँटबारे ताजा सहमति भएपछि निकै पेचिलो हुनसक्ने ठानिएको आलोपालोको विषय अब इतिहास भएको छ।

यो सहमतिले अर्को प्रश्न तड्कारो बनाइदिएको छ: दुई नेताबीच कार्य विभाजन हुँदैमा नेकपाभित्र झाङ्गिने गरेका गुट, उपगुट र तिनका कारण उत्पन्न हुने जटिलता किनारा लाग्लान्?

यहि सेरोफेरोमा नेपाल सन्दर्भमा हामीले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग कुरा गरेका छौँ।

सबभन्दा पहिले उनलाई सोधेका थियौँ - अब नेकपाको र सरकारको काम कारबाही कसरी अगाडि बढ्छन्?

नेपाल सन्दर्भ सुन्नका लागि माथिको श्रव्य सामाग्री थिच्नुहोस्।