तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी बहस: दुईतिहाइ बहुमत भएको सरकार हुँदा पनि अस्थिरताको छनक किन
दुईतिहाइको समर्थनसहित गठन भएको सरकार लामै कालसम्म स्थिर रूपमा चल्छ भन्ने अपेक्षा भए पनि बारम्बार मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा हुने गरेको छ।
अनि सत्तारूढ दल नेकपाको एकता पनि पूर्ण हुन नसक्दा उत्पन्न भएको जटिलताले पनि देशको राजनीतिक स्थायित्वबारे प्रश्न उठ्ने गरेको छ।
मन्त्री फेरिने विषय नितान्त प्रशासनिक दक्षतासँग सम्बन्धित र प्रधानमन्त्रीको विशेषाधिकार भए पनि त्यसले सर्वसाधारणमाझ स्थिरताको सन्देश भने नलैजाने ठानिन्छ।
यसै सेरोफेरोमा सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अनि बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधानबीच गरिएको बीबीसी बहस सुन्न माथिको श्रव्य सामग्री थिच्नुहोस्।