तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सी जिन्पिङ भ्रमणपछि चीनसँग सम्पर्क सञ्जाल विस्तार कति सम्भव
दुई दशकभन्दा लामो अन्तरालपछि गत हप्ता चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपाल भ्रमण गरे।
भ्रमणका क्रममा दुई देशबीच निकै लामो समयदेखि उठ्दै आएको 'कनेक्टिभिटी' अर्थात् सम्पर्क सञ्जाल विस्तार लगायतका विषयले औपचारिक छलफल र कुराकानीमा प्राथमिकता पाएको बताइएको छ।
सीको भ्रमणका क्रममा चीन रेलमार्ग र सडक मार्ग दुबैबाट नेपालसँग जोडिन चाहेको सन्देश चिनियाँ उच्च राजनीतिक नेतृत्वले प्रस्ट पारेको सरकारले बताउँदै आएको छ।
यसै विषयमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र अर्थ राजनीतिक विश्लेषक अच्युत वाग्लेबीचको बहस।