नेपाल वायुसेवा निगमलाई सुधार्छु: योगेश भट्टराई

Published

नेपालका सार्वजनिक संस्थानहरूको दुर्दशा देखाउनु पर्‍यो भने धेरैले नेपाल वायुसेवा निगमलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गर्छन्।

कहिले विमान खरिदमा प्रकरणमा जोडिएका भ्रष्टाचार काण्ड त कहिले चरम लापरबाहीका घटना एवम् कहिले नेतृत्वमा विवादमा निगम जोडिरहेको हुन्छ।

नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठन गरिएको एउटा कार्यदलले बुधवार पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको छ।

यसअघि पनि यस्ता छवटा कार्यदल बने तर तिनका प्रतिवेदनहरू थन्किएका छन्।

तर यसपटकको सुझाव कार्यदल 'अन्तिम हुने' र थला परेको नेपाल वायुसेवा निगमलाई माथि उठाउने मन्त्री भट्टराईले बताउने गरेका छन्।

यसै बिषयमा 'नेपाल सन्दर्भ' कार्यक्रमका लागि मन्त्री भट्टराईसँग विष्णु पोखरेलले गरेको कुराकानी सुन्नुहोस्।