तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीको वितण्डा: "बाढीको डरले निद्रा पर्दैन"
बाढी र डुबान प्रभावित तराईका जिल्लाहरूमा नदी, खोला र खहरेहरूमा पानीको भेल घटेपनि रौतहटको चन्द्रपुर, जुडिबेलास्थित राईटोलका कालीमाया राई र सुकुनी राई भने निर्धक्क सुत्न सकेका छैनन्।
चाँदी, पौराही र वाग्मती नदी नजिकै अवस्थित राईटोलका झण्डै १४ घर डुबानमा परे।
जसका कारण उनीहरूको घर हिलाम्मे छ र कसैको घर ढल्किएको पनि छ।
आफ्नो बस्ती सुरक्षित पार्न पानीको निकास तत्काल खोल्नुपर्ने भएपनि उनीहरू समक्ष कोहीपनि नपुगेको पीडितहरूले बताए।
गत सप्ताहअन्तको बाढी आएलगत्तै प्रहरी र स्थानीय अधिकारीहरू त्यहाँ निकास खोल्ने यन्त्र सहित पुगेका थिए।
चुरे अतिक्रमण, वनविनाश र उत्खननका कारणले बस्ती बाढी र डुबानमा परेको बताइन्छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: