तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बझाङः जीप दुर्घटनामा नौजनाको मृत्यु
बझाङ जिल्लामा जीप दुर्घटनामा परेर नौजनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।
डुङ्ग्रीबाट कोटदेवल तर्फ जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप सडकबाट करिब ४०० देखि ५०० मिटर तल झरेको घटनास्थलबाट प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए।
"दुर्घटनास्थल विकट ठाउँमा भएकाले उद्धार कार्य प्रभावित भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरू उद्धार कार्यमा खटिएका छन्," केसीले भने।
प्रतिकूल मौसमका बीच घाइतेहरूलाई हेलिकप्टरमा राखेर नेपालगन्जतर्फ लगिएको उनले बताए।
"हावाहुरीसहित पानी परिरहेको छ, जसका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको छ," उनले भने।
घाइतेहरूलाई उद्धार गर्ने कार्य प्राथमिकतामा रहेकाले मृतकको सनाखत हुन नसकेको अधिकारीहरूले बताएका छन्।