महिला मात्रैले ताने रातो मच्छिन्द्रनाथको रथ

Published

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रामा शुक्रवार महिलाहरूले मात्र रथ तानेका छन्।

ललितपुरको इटिटोलदेखि थतिचोकसम्म उनीहरूले झन्डै १०० मिटर रथ तानेका हुन्।

विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने उक्त रथ हाल सबै समुदायका सबै महिलाले तान्छन्।

महिलाहरूले चाहेमा जे पनि गर्न सक्न सक्छन् र जात्रामा सबैको सहभागिता होस् भन्ने उद्देश्यले महिलाहरूले रथ तान्ने परम्परा शूरू भएको जात्रूले बताए।

तर महिलाहरूले मात्रै रथ तान्ने परम्पराका पछाडि किम्वदन्ती छन्।

सामाज‌िक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको मानिन्छ।

झण्डै ३२ हात अग्लो रथ भएका ऐतिहासिक रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पुजिन्छ।

हेर्नु्स कमल परियारले बनाएको भिडिओ -