तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भलिबल: नेपाली क्लबबाट विदेशी खेलाडीले खेल्दा के फाइदा
Published
नेपालका विभिन्न क्लबबाट विदेशी खेलाडीहरू खेल्ने प्रचलन फुटबलमा मात्र सीमित रहेकोमा अहिले महिला भलिबलमा समेत विदेशी खेलाडीको प्रवेश बढ्दो छ।
क्लबहरूले भारत र अमेरिकाबाट व्यावसायिक खेलाडी ल्याएर खेलाउन थालेपछि ‘नेपाली भलिबलको स्तर उकासिने र व्यावसायिक स्वरूप पाउन टेवा पुग्ने’ अधिकारीहरूको विश्वास छ।
बाहिरका खेलाडीबाट नेपाली खेलाडीले सिक्ने अवसर पनि पाइरहेको धेरैको बुझाइ छ।
नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली खेलकुद साग गेम्समा कास्य पदक जित्दै आएको छ।