मङ्गल ग्रहमा यस्ता घर बन्न सक्छन्

Published

अमेरिकी अन्तरिक्ष संस्था नासाले मङ्गल ग्रहमा मानवजातिलाई बसाउन निर्माण गरिने आवासगृहका पाँचवटा नमुना सार्वजनिक गरेको छ। यिनको निर्माण थ्रीडी प्रिन्टरको प्रयोग गरेर गरिएको हो।

पृथ्वीबाहिर पनि उपयुक्त हुने खालको दीर्घकालीन निर्माणप्रविधि पहिल्याउन नासाले २५ लाख डलर पुरस्कार राखेर एउटा प्रतियोगिताको आयोजना गरेको थियो। यी नमुना त्यही प्रतियोगिताबाट छानिएका हुन्।

हेर्नुहोस् यो भिडिओ।