तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
असार १५: विदेशको चामल रोक्ने उपाय
शुक्रवार असारको पन्ध्र - यो दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको एक दशक नाघिसकेको छ। तर नेपाल धान उत्पादनमा आत्मनिर्भर हुन नसकेर विदेशबाट धान वा चामल किन्नु पर्ने अवस्थाप्रति चिन्ताहरू व्यक्त भइरहेका छन्।
चालु आर्थिक वर्षमा नेपालले विदेशबाट २२ अर्ब रुपैयाँभन्दा बढीको धान वा चामल किनेको सरकारी तथ्याङ्कले देखाइएको छ।
नेपालमा धान उत्पादन पुन: बढ्न थालेको बताइएपनि देश धानमा छिट्टै आत्मनिर्भर भइहाल्ने भरपर्दो संकेत देखिएको छ।
आउने पाँच वर्षमा धान उत्पादन दोब्बर पार्ने सरकारी योजना सार्वजनिक भएको छ।
उपाय के?
यसै सन्दर्भमा हामीले नेपाल कृषि अनुसन्धान परिषदमा लामो समय काम गरेका धानविद् भोलामानसिंह बस्नेतसँग कुराकानी गरेका थियौँ।
सुरुमा हामीले बस्नेतलाई सोधेका थियौँ - धान उत्पादन बढाउने सरकारको महत्त्वाकांक्षी लक्ष्य कसरी पूरा होला?
उनको जबाफ छ, “योजना बनाउने बेला ‘हाम्रा भन्दा पनि राम्रा’ मानिसहरू छान्नु पर्छ। किसानलाई रासायनिक मलका साथै उन्नत जातका बीउवीजन उपलब्ध गराउनु पर्छ। सिँचाइको राम्रो व्यवस्था हुनुपर्छ।”
नेपालमा वार्षिक रूपमा करिब ६० लाख मेट्रिन टन धान खपत हुन्छ।
त्यसमध्ये गत वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भयो भने बाँकी करिब १० लाख मेट्रिक टन धान अन्य मुलुकबाट आयात भएको थियो।