तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्वतन्त्रताको विपक्षमा दशौं हजारको प्रदर्शन
स्पेनबाट क्याटलोनियाको सम्भावित स्वतन्त्रताविरुद्ध क्याटलोनियाको बार्सिलोनामा दशौं हजार मानिसहरुले स्पेनको झण्डा फहराउँदै प्रदर्शन गरेका छन्।
उक्त प्रदर्शनलाई स्पेनका राजनीतिज्ञ र प्रख्यात व्यक्तिले सम्बोधन गरेको प्राप्त खबरहरुमा जनाइएको छ।
प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै पूर्व सरकारका एकजना मन्त्री जुजेप बोरेलले 'क्याटलानहरुले शान्त र संवदेशनशील भएर निर्णय गर्ने क्षमता पुनर्जीवित गर्नुपर्ने' धारणा व्यक्त गरेका थिए।
एकजना उपन्यासकार मारियो वार्गस लोस्साले 'कुनै पनि स्वतन्त्रता आन्दोलनले स्पेनी प्रजातन्त्र ध्वस्त गर्न' नसक्ने विचार राखे।
उत्तिकै सहभागी
विवादास्पद जनमत संग्रहको एक सातापछि उक्त प्रदर्शन गरिएको हो।
एकजना प्रदर्शनकारी लुईस पेरेजले भने, "म भिन्न मतको सम्मान गर्छु। तर जसरी उनीहरुले कानूनको उलंघन गरिरहेका छन्, त्यसको सम्मान गर्न सकिन्न। हामी स्पेन सरकारलाई त्यो रोक भन्न यहाँ एक भएका हौं।"
आइतवारको प्रदर्शनमा पनि स्पेनबाट क्याटलोनिया स्वतन्त्र हुनु पर्ने जनमतको सम्मान गर्नु पर्ने पक्षमा हालैका दिनमा भएका र्यालीकै जति सहभागीता देखिन्थ्यो।
प्रदर्शनकारीहरुले स्वतन्त्रता अस्वीकार गर्ने मौन बहुमतको आफूहरुले प्रतिनिधित्व गर्ने बताएका छन्।
चेतावनी
प्रदर्शनमा सहभागी कारमेन मोरलले भनिन, "म स्पेनबाट क्याटलोनिया छुट्टियोस् भन्ने चाहन्न। म क्याटलोनियामा बस्ने क्याटलान र स्पेनी दुवै हुँ।"
क्याटलान अधिकारीहरुले मतदानको अधिकार भएका आधाभन्दा कमले जनमत संग्रहमा भाग लिएको स्वीकार गरेका छन्। र, त्यसले स्वतन्त्रताको पक्षमा स्पष्ट समर्थन देखाएको थियो।
क्याटलान संसद्ले त्यसबारे मंगलवार छलफल गर्ने कार्यक्रम छ।
स्पेन सरकारले स्वतन्त्रताको घोषणा भए त्यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ।