तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुलुक विभाजन गर्ने रेखा
Published
सत्तरी वर्ष अघि एकजना ब्रिटिश वकीललाई एउटा मुलुक विभाजन गर्ने जिम्मा दिइयो।
सर सिरिल -याडक्लिफले पाँच साताभित्र भारत र पाकिस्तानको विभाजन गर्ने रेखा कोरे।
तर अगष्ट १९४७ मा दुई मुलुकहरु औपचारिक रुपमा विभाजित भएपछि मात्रै उनको नक्शा सार्वजनिक गरियो।
त्यसपछि झण्डै एक करोड बीस लाख मानिसहरु एक मुलुकबाट अर्को मुलुकमा बसाइँ सरे।
विभाजन पछि हिन्दु र मुसलमानहरुबीच दङ्गा भडकिँदा लाखौंको ज्यान गयो।
विभाजनले ल्याएको तिक्तता अहिले पनि भारत र पाकिस्तानबीच मेटिएको छैन।
बीबीसी रिपोर्ट (एनिमेशन)