तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी युद्धपोतबारे चीनको कडा प्रतिक्रिया
साउथ चाइना सीमा अमेरिकी युद्धपोत पुगेपछि चीनले त्यसबारे कडा प्रतिक्रिया दिएको छ।
युएसएस स्टिटम नामक सो जहाज चीन र अरु देशले दाबी गरेको प्यारासेल आइल्याण्डस् द्वीपसमूह मध्येको ट्राइटन टापु नजिकै भएर गएको थियो।
प्रतिक्रियामा चीनले उक्त क्षेत्रमा सैनिक जहाज र लडाकु विमानहरु पठाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङले टेलिफोनमा वार्ता गर्नुभन्दा केही घण्टा उक्त घटना भएको हो।
चिनियाँ सरकारी टेलिभिजनका अनुसार सो वार्तामा सीले ट्रम्पलाई "नकारात्मक तत्वहरुले" अमेरिका र चीनको सम्बन्धलाई प्रभावित गरेको बताएका थिए।
वक्तव्य
वार्ताबारे ह्वाइट हाउसले वक्तव्य जारी गरेको छ तर सो घटनाबारे छलफल भयो वा भएन भनेर खुलाइएको छैन।
ती दुई नेताले "परमाणु अस्त्ररहित कोरियाली प्रायद्वीपप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको" वक्तव्यमा बताइएको छ।
अमेरिकाले बारम्बार चीनलाई विवादित जलक्षेत्रमाथि 'आक्रामक रुपमा दाबी नगर्न' चेतावनी दिंदै आएको छ।
तर चीनले भने त्यो आफ्नो अधिकारभित्र पर्ने बताउँदै आएको छ।