ज्ञानेन्द्र शाहले नारायणहिटी छोड्नुअघि कृष्णप्रसाद सिटौलासँग गरेको कुराको बेलीविस्तार

Published

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तत्कालीन सरकारले राजनीतिक सहमतिका आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्र प्रमुखको हैसियतले नागार्जुन आवासको व्यवस्था गरिदिएको बताएका छन्।

संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त निर्णय गरेको थियो।

तत्कालीन गृहमन्त्री सिटौलाले त्यसमा तत्कालीन माओवादीका नेताहरूको पनि सहमति जनाएको बताए।

पछिल्लो पटक नागार्जुनबाट पूर्वराजालाई निकाल्ने धम्की सत्ताधारी नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको समाचार आएको सन्दर्भमा उनले त्यो स्थिति आफूले नदेखेको टिप्पणी गरे।

सिटौलाका अनुसार नागार्जुन सरकारको मातहतको सम्पत्ति हो जुन कुनै महत्त्वपूर्ण प्रयोजनको निम्ति सरकारले त्यो उपयोग गर्नसक्छ।

उनी भन्छन्, "तर नागार्जुन दरबारबाटै हटाइहाल्नुपर्ने स्थिति किन पर्‍यो होला र?"

पूर्वराजालाई आवासको व्यवस्था गरिदिने निर्णय लिनुअघि उनले पूर्वराजासँग नारायणहिटी राजदरबारमा लामो कुराकानी पनि गरेका थिए।

के कुरा भएको थियो त्यो बेला? त्यसबारे उनीसँग बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'का लागि शरद केसीले गरेको कुराकानी सुन्नुहोस्।

अनि यो पनि