भागरथी भट्ट घटना: आरोपित किशोर सार्वजनिक
बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले एक किशोरलाई आरोपितको रूपमा बुधवार सार्वजनिक गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रमाण र सन्दिग्धको स्वीकारोक्तिका आधारमा उनलाई सार्वजनिक गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताएका छन्।
घटनाको १३ औँ दिनसम्म प्रहरीको निगरानीमा रहेका उनलाई दुई दिनअघि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।