तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मृत्युको खबर' आएको इन्स्टाग्राममै एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले भनिन्– 'म जीवित छु'
इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ सार्वजनिक गरिएको एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले इन्स्टाग्राममै आफू जीवित रहेको बताएकी छिन्।
शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै उनले भनिन्, "म तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु।"
एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको खबर आएको थियो।
शनिवार पोस्ट गरिएको भिडिओमा पुनम पाण्डेले भनेकी छन्, "आउनुस् जनचेतना फैलाएर एक अर्कालाई सजग बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमहरूबारे जानकारी गराउने कुरा सुनिश्चित गरौँ। यो रोगको विनाशकारी प्रभावलाई अन्त्य गर्न मिलेर काम गरौँ।"
शुक्रवार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका थिए।
सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकेनन्।
पुनम पाण्डेको परिवारले सार्वजनिक रूपमा केही बोलेको छैन।
उनको मृत्यु कहाँ भएको हो भन्ने जानकारी नआएकाले शुक्रवार साँझसम्म शङ्काको वातावरण बनेको थियो।
बत्तीस वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको क्षेत्रमा चर्चित नाम हुन्।
यसअघि समेत उनले चर्चामा आउन विवादास्पद तरिका अपनाएकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।