करेन्ट लागेर बेहोस भएको बाँदर बचाउन 'सीपीआर' गरेको 'भाइरल' भिडिओ

करेन्ट लागेर बेहोस भएको बाँदर बचाउन 'सीपीआर' गरेको 'भाइरल' भिडिओ
Published

दक्षिण भारतको केरला राज्यमा एक वन अधिकृतले करेन्ट लागेर बेहोस भएको एउटा सानो बाँदरको बच्चाको ज्यान मुखबाट सास दिएर, सीपीआर विधिबाट जोगाएको देखिने भिडिओ 'भाइरल' भएको छ।

बाँदरको उक्त बच्चा जङ्गलको बाटो हुँदै विद्युत् प्रवाह हुने तार छोएपछि करेन्ट लागेर अचेत भएको थियो।

मुटु र सास रोकिएको अवस्थामा मानिसको प्राण जोगाउन मुखबाट फुकेर सास दिएर 'कार्डिओपल्मनरी रिससिटेशन' (सीपीआर) विधिको प्रयोग गरिन्छ। बिरामीको मस्तिष्क र अन्य महत्त्वपूर्ण अङ्गमा अक्सिजन प्रवाह गराउन यो विधिमा पालैपालो छाती थिचिन्छ र मुखमा मुख जोडेर सास दिइन्छ।

यो विधि कहिलेकाहीँ आपत्कालीन अवस्थामा घरपालुवा जनावरको जीवन रक्षा गर्न पनि प्रयोग गरिन्छ। रेड क्रसका अनुसार सीपीआर गर्दा जनावर कति ठूलो छ त्यो हेरेर एक हात वा केही औँलाहरू प्रयोग गर्न सकिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।