इजरेली सेनाले गाजामा फेला पारेको हमासको सबैभन्दा ठूलो सुरुङमा के छ

इजरेली सेनाले गाजामा फेला पारेको हमासको सबैभन्दा ठूलो सुरुङमा के छ
Published

हमास लडाकु समूहले प्रयोग गर्दै आएका सुरुङहरूको सञ्जाल गाजा स्ट्रिपमा इजरेलले थालेको स्थल कारबाहीमा ठूलो चुनौती बनेको छ।

लडाकुहरूले लुकीछिपी इजरेली सैनिकहरूमाथि आक्रमण गरी भागेर लुक्न ती सुरुङहरू प्रयोग गर्दै आएको इजरेलले दाबी गरेको छ।

इजरेलले गाजामा एउटा ठूलो सुरुङ फेला परेको जनाएको छ। बीबीसी पर्सिअनका संवाददाता कास्रा नजी र क्यामराम्यान सोरन कुर्बानी इजरेली सेनासँगै उक्त सुरुङ हेर्न गएका छन्।

उनीहरूले त्यहाँ के देखे अनि उक्त सुरुङबारे इजरेली सेना के भन्छ?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।