तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः सवारीसाधनमा जोरबिजोर प्रणाली कसरी 'जोखिमपूर्ण र अवैज्ञानिक'
सरकारले काठमाण्डू उपत्यकाकाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली 'अवैज्ञानिक' र थप 'जोखिमपूर्ण' भएको विज्ञहरूले बताएका छन्।
कोभिड-१९ महामारी नियन्त्रणका लागि भिडभाड हुने गतिविधि कम गर्न भन्दै सरकारले गत शुक्रवार मध्यरातदेखि जोरबिजोर प्रणाली लागु गरेको हो।
तर कार्यालयहरू, बजार तथा व्यापार व्यवसायहरू चालु अवस्थामै रहेको र यात्रुहरूको हिँडडुलमा खासै कमी नआएकोले सार्वजनिक सवारीमा थप चाप बढेको र त्यसले सङ्क्रमणको जोखिम घट्नुको बदला झन् बढेको सार्वजनिक यातायातविद् आशिष गजुरेलले बताएका छन्।
तर स्थानीय प्रशासकहरूले सङ्क्रमण नियन्त्रणमा जोरबिजोर प्रणाली 'प्रभावकारी' देखिएको दाबी गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि