तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा विवाद: वामदेव गौतम व्यावहारिक रूपमा फुटेको दलको एकताको आधार कहाँ देख्छन्?
नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड विभाजित भएर दुवै पक्षले फरकफरक बैठक गरिरहेका र निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता नदिएका बेला उपाध्यक्ष वामदेव गौतमले यसै साताबाट पार्टी एकताको अभियान थालेका छन्।
अहिले आफू कुनै पक्षमा नगएका र दुई पक्षबीच एकता दुईचार महिनाभित्रै सम्भव नभए पनि असम्भव नरहेको उनले बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलापछिको परिस्थिति हेर्ने र त्यतिन्जेल एकताको प्रयास जारी राख्न आफूले अभियान थालेको उनको भनाइ छ।
"सर्वोच्च अदालतको फैसला कुर्नुको विकल्प छैन। भोलि चुनाव हुनेभयो भने दुई पक्ष नमिली चुनावमा गए ऐतिहासिक हार हुनेछ," गौतमले भने।
अनि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे कुन स्वार्थमा दुई पक्षबीच एकता हुन्छ त? एकता भएको वा नभएको अवस्थामा गौतमले आफ्नो स्थान कहाँ देखेका छन्?
यिनै विषयमा बीबीसी नेपाली सेवाकाो साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ' मा उनीसँग गरिएको विशेष कुराकानी।