तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१० करोड वर्ष पुरानो जीवाश्म फेला पर्दा वैज्ञानिकहरू उत्साहित
Published
अस्ट्रेलियाको एउटा दुर्गम स्थानमा १० करोड वर्ष पुरानो जीवको टाउको र शरीर सग्लो रहेको एउटा दुर्लभ जीवाश्म फेला परेको छ।
उक्त अवशेष प्लिसिअसोर भनिने डाइनसोरको समकालीन समुद्री सरीसृपको हो। उक्त जीव अहिले क्वीन्सल्यान्ड रहेको स्थानमा प्राचीन कालमा अवस्थित एउटा विशाल सागरमा विचरण गर्थ्यो।
वैज्ञानिकहरूले उक्त जीवाश्म फेला पर्नुलाई दुर्लभ भनेका छन्। उनीहरूले उक्त जीवाश्मको अध्ययनबाट थप रहस्योद्घाटन हुने अपेक्षा राखेका छन्।
हेर्नुहोस् यो भिडिओ।